भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिसबीच कडा प्रतिस्पर्धा हुँदै

प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिसबीच कडा प्रतिस्पर्धा हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज (बुधबार) हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा भिड्दैछन् ।

प्रतियोगिताको सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो । राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन् ।

प्रतियोगितामा १० टोली सहभागी रहेका थिए । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ।

टी–२० फर्म्याटमा खेलाइको खेललाई आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीकोरुपमा हेरिएको जानकारहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.