भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिसबीच कडा प्रतिस्पर्धा हुँदै

प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिसबीच कडा प्रतिस्पर्धा हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज (बुधबार) हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा भिड्दैछन् ।

प्रतियोगिताको सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो । राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन् ।

प्रतियोगितामा १० टोली सहभागी रहेका थिए । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ।

टी–२० फर्म्याटमा खेलाइको खेललाई आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीकोरुपमा हेरिएको जानकारहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.