भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तारमा तीव्रता

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तारमा तीव्रता

ढोरपाटन । नेपाल विद्युत प्राधिकरणले दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार तीव्र पारेको छ। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ल्लाका दुर्गम गाउँहरुमा प्रसारण लाइन विस्तार गर्ने कार्यमा तीव्रता दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरी काम गरिरहेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेसन निर्माण भएको छ। बुर्तिबाङमा पनि १३२ किलोभोल्टको सबस्टेसन निर्माण भइरहेको छ। यस वर्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्‍याउने गरी काम भइरहेको प्राधिकरण बागलुङ शाखाले जनाएको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारी चौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा शुरू गरेको थियो। बोबाङ हुँदै ढोरपाटनसम्म विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाँग्ने काम भइरहेको छ।

तमानखोलामा पनि गत वर्षदेखि नै पोल गाड्न थालिएको हो। अहिले अन्तिम चरणमा पुगेको छ। अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ। निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम तीव्र गतिमा भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.