भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सहकारी पीडितले कालो झण्डा देखाएर ‘ब्लण्डर’ गर्नुभयोः प्रधानमन्त्री

सहकारी पीडितले कालो झण्डा देखाएर ‘ब्लण्डर’ गर्नुभयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी पीडितलाई कालो झण्डा देखाएर ‘ब्लण्डर’ गरेको बताएका छन्। पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले ५ लाख भन्दा कम बचत भएका सहकारी पीडितलाई फिर्ता दिन सरकारले बजेटमै ल्याएको जानकारी दिए।

पोखराका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले बुधबार प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएका थिए। सहकारी पीडित २ वर्षदेखि आन्दोलनमा रहँदा पनि सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले कालो झण्डा देखाएका हुन्।

सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले सरकारले सधै आश्वासन मात्र दिने तर काम नगर्ने भएकाले विरोध जनाउनुपरेको बताए।

 

 


Thali Mobile Pvt.Ltd.