भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

६ प्रतिशत आर्थिक वृद्धि लक्ष्यको आधार के होः गगन थापा

६ प्रतिशत आर्थिक वृद्धि लक्ष्यको आधार के होः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यको आधार के हो भन्ने प्रश्न गरेका छन्। प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१।८२ को बजेटमाथिको छलफलमा बोल्दै बुधबार थापाले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गरेको दाबीको आधार मागेका हुन्।

संसदमा धेरै उथलपुथल भएको भन्दै थापाले ६।८ महिनापछि आफैले काँध हाल्नुपर्ने स्थिति पनि आउन सक्ने टिप्पणी गरेका थिए। उनले अर्थमन्त्री वर्षमान पुनलाई लक्षित गर्दै ६ प्रतिशतको आर्थिक वृद्धिको आधार के हो पनि भनेका थिए।

महामन्त्री थापाले भने, ‘अर्थमन्त्री यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ, यसको आधार के हो ?’

 


Thali Mobile Pvt.Ltd.