भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

प्रमाणित ढक-तराजु प्रयोग गर्न व्यवसायीलाई आग्रह

प्रमाणित ढक-तराजु प्रयोग गर्न व्यवसायीलाई आग्रह

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक–तराजु प्रयोग गर्न व्यवसायीलाई आग्रह गरेको छ। अप्रमाणित ढक तथा ,तराजु प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो।

यसका लागि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहकार्यमा बुधबारदेखि ढक तराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने भएको छ। यही फागुन १६ देखि २१ गतेसम्म सञ्चालन हुने शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयका टोलीले प्राविधिक सहयोग गर्नेछन्। व्यवसायीलाई सहज बनाउन उनीहरूलाई पायक पर्ने स्थानमा नै ढक, तराजु दर्ता नवीकरण शिविर आयोजना गर्न लागेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार शिविर थानकोट (साझा घर), लाछिटोल (सतुङ्गल), चौपाया खरिद केन्द्र (दहचोक), विष्णुदेवी मन्दिर परिसर र चन्द्रागिरि नगरपालिका प्रागङ्गमा सञ्चालन हुनेछ।

शिविरमा आउँदा नागरिकता, व्यवसाय दर्ताको प्रमाणपत्र, ढक तराजु खरिद गरेको ३५ दिन ननाघेको भएमा खरिद गरेको बिल तथा नाघेको भए ढक तराजु ल्याउन तथा डिजिटल तराजुसँगै क्षमताको १० प्रतिशत ढक अनिवार्य ल्याउन व्यवसायीलाई नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले यस्तो शिविर हरेक वर्ष सञ्चालन गर्दै आएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.