भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

शहरी स्वयमसेवकका लागि काठमाण्डौ महानगरपालिकाद्वारा आवेदन खुला

शहरी स्वयमसेवकका लागि काठमाण्डौ महानगरपालिकाद्वारा आवेदन खुला

काठमाण्डौ । १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि काठमाण्डौ महानगरपालिकाले आवेदन खुलाएको छ ।

कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयमसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो ।

बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो । यसबाट सहरी वातावरण,हरित र सुन्दर विद्यालय,सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपने महानगरले जनाएको छ ।

यो फाराम आउँदो आइतवार फागुन २० गतेसम्म भर्न सकिनेछ। २४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ।

 


Thali Mobile Pvt.Ltd.