भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

रुसी राष्ट्रपति पुटिनले ट्रम्पको ‘बोर्ड अफ पिस’ अभियानमा सहभागी हुने इच्छा

रुसी राष्ट्रपति पुटिनले ट्रम्पको ‘बोर्ड अफ पिस’ अभियानमा सहभागी हुने इच्छा

एजेन्सी, माघ ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ अभियानमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको छ । रुसी सञ्चारमाध्यम आरटीका अनुसार राष्ट्रपति पुटिनले प्यालेष्टाइनसँगको विशेष सम्बन्धलाई दृष्टिगत गर्दै यस अभियानका लागि एक अर्ब अमेरिकी डलर योगदान गर्ने घोषणा समेत गर्नुभएको हो ।

उक्त रकम अघिल्लो अमेरिकी प्रशासनले रोक्का गरेको रुसी सम्पत्तिबाट उपलब्ध गराउने प्रस्ताव पुटिनले गर्नुभएको छ । बाँकी कोष युद्ध प्रभावित क्षेत्रहरूको पुनर्निर्माणमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । यस विषयमा थप छलफलका लागि भोलि मस्कोमा प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बास र अमेरिकी प्रतिनिधिहरूबीच वार्ता हुने कार्यक्रम तय भएको छ ।

यता, स्विट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा बोल्दै राष्ट्रपति ट्रम्पले पुटिनलाई उक्त अभियानमा सहभागी गराउन खोजिएको विषयको बचाउ गर्नुभएको छ । पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले विश्वका शक्तिशाली र प्रभावकारी मुलुकहरूलाई समेट्ने उद्देश्यले पुटिनलाई निम्तो दिन लागिएको स्पष्ट पार्नुभयो ।

ट्रम्पले कतिपय पात्र विवादित भए पनि ठोस नतिजा निकाल्न उनीहरूको प्रभाव महत्वपूर्ण हुने तर्क गर्दै विश्व शान्तिका लागि व्यवहारिक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.