भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रुसी राष्ट्रपति पुटिनले ट्रम्पको ‘बोर्ड अफ पिस’ अभियानमा सहभागी हुने इच्छा

रुसी राष्ट्रपति पुटिनले ट्रम्पको ‘बोर्ड अफ पिस’ अभियानमा सहभागी हुने इच्छा

एजेन्सी, माघ ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ अभियानमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको छ । रुसी सञ्चारमाध्यम आरटीका अनुसार राष्ट्रपति पुटिनले प्यालेष्टाइनसँगको विशेष सम्बन्धलाई दृष्टिगत गर्दै यस अभियानका लागि एक अर्ब अमेरिकी डलर योगदान गर्ने घोषणा समेत गर्नुभएको हो ।

उक्त रकम अघिल्लो अमेरिकी प्रशासनले रोक्का गरेको रुसी सम्पत्तिबाट उपलब्ध गराउने प्रस्ताव पुटिनले गर्नुभएको छ । बाँकी कोष युद्ध प्रभावित क्षेत्रहरूको पुनर्निर्माणमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । यस विषयमा थप छलफलका लागि भोलि मस्कोमा प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बास र अमेरिकी प्रतिनिधिहरूबीच वार्ता हुने कार्यक्रम तय भएको छ ।

यता, स्विट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा बोल्दै राष्ट्रपति ट्रम्पले पुटिनलाई उक्त अभियानमा सहभागी गराउन खोजिएको विषयको बचाउ गर्नुभएको छ । पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले विश्वका शक्तिशाली र प्रभावकारी मुलुकहरूलाई समेट्ने उद्देश्यले पुटिनलाई निम्तो दिन लागिएको स्पष्ट पार्नुभयो ।

ट्रम्पले कतिपय पात्र विवादित भए पनि ठोस नतिजा निकाल्न उनीहरूको प्रभाव महत्वपूर्ण हुने तर्क गर्दै विश्व शान्तिका लागि व्यवहारिक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.