भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

छिटो विश्वासको मत लिन प्रधानमन्त्रीलाई रास्वपाको आग्रह

छिटो विश्वासको मत लिन प्रधानमन्त्रीलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई छिटो विश्वासको मत लिन आग्रह गरेको छ । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपा मन्त्रीहरुले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह गरेका हुन् ।

बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । यद्यपि, विश्वासको मत दिने विषयमा भने आफूहरु छलफलमै रहेको परियारले बताए ।

प्रधानमन्त्री स्पष्टताका साथ अगाडि बढे आफूहरुले साथ दिने बताएका छन् । राजीनामा बुझाउन बालुवाटार पुगेका रास्वपाका टोली प्रधानमन्त्रीसँगको छलफलपछि फिर्ता भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.