भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

काठमाडौं । मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन्। भीमफेदी गाउँपालिका–६ स्थित उर्लाघारीकी ६५ वर्षीया मङ्गलीमाया स्याङ्तानसहित सात जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलीका छोरा ३२ वर्षीय बुद्धिबहादुर, उनकी श्रीमती ३० वर्षीया पासाङमाया, छोरा लासाङ स्याङ्तान बिरामी भएका छन्। यस्तै १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र ७ वर्षीया आरती पनि बिरामी परेका छन्।

च्याउ खाएपछि उनीहरू गएरातिदेखि बिरामी परेका थिए। प्रहरीका अनुसार मंलीमाया र लक्ष्मीमायाको उपचार हटौँडा अस्पतालमा उपचार भइरहेको छ। पाँच जनालाई थप उपचारको लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको छ। सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.