भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

जिबी राईको विषयमा बेलैमा थाहा पाउन नसक्नु कमजोरी भयोःरवि लामिछाने

जिबी राईको विषयमा बेलैमा थाहा पाउन नसक्नु कमजोरी भयोःरवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तीको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको पनि बताए।

उनले राईसँग संगत गरेकोमा गलत क्रियाकलाप भएको रहेछ भन्ने देख्दा अझ बढी ध्यान दिनुपर्थ्यो भन्ने आफूलाई अहिले लागेको पनि बताए।
लामिछानेसँग शुक्रवार सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले लामो वयान लिएको थियो। उनले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिने अवसरका रुपमा लिएर समितिमा उठेका प्रश्नहरुको जवाफ दिएको बताए।

 


Thali Mobile Pvt.Ltd.