भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रवि लामिछानेविरुद्धको पूरक जाहेरीको प्रतिलिपी झिकाउन सर्वोच्चको आदेश

रवि लामिछानेविरुद्धको पूरक जाहेरीको प्रतिलिपी झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा आइतवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो।

सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए। सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको हो।

सहकारी ठगीमा आरोपित गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उनीविरुद्ध कुनै उजुरी नपरेको र अभियोजन नभएको भन्दै दिएको पत्रको प्रमाणित प्रतिलिपि पनि सर्वोच्चले झिकाएको छ। रिट निवेदक भट्टराईले उक्त पत्र गैरकानुनी भएको दावी गरेका छन्।

गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकारसमेत प्रदान गरिएको छ। उक्त रिटमाथि सुनुवाइ गर्न यही जेठ २८ गतेका लागि अर्को पेसी तोकिएको छ।

 


Thali Mobile Pvt.Ltd.