भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खैरो हेरोइनसहित कोटेश्वरबाट दुई जना पक्राउ

खैरो हेरोइनसहित कोटेश्वरबाट दुई जना पक्राउ

काठमाडौं । लागु औषध खैरो हेरोइनसहित कोटेश्वरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका–१ घर भएकी ३६ वर्षीया सपना भुजेल र सोही ठाउँका ४१ वर्षीय कुमार भुजेल छन् ।

त्यसैगरी उनीहरुबाट लागु औषध तौल गर्न प्रयोग हुने २ थान डिजिटल तराजु र ५५ हजार रुपैयाँ समेत बरामद भएको छ । कोटेश्वरको रमाइलो लज एण्ड भोजनालयको दोस्रो तलाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पक्राउ परेका दुबै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ को कसुर अन्तर्गत म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.