भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

तपाईंलाई अब सत्ता दिन सकिदैनः रघुजी

तपाईंलाई अब सत्ता दिन सकिदैनः रघुजी

काठमाडौं । प्रचण्डले सरकार र प्रधानमन्त्रीमाथि उठाएका प्रश्नमा प्रमुख सत्तारूढ दल एमालेले कडा प्रतिक्रिया जनाएको छ । संसदीय व्यवस्थामा विपक्षी दलको नेताले सय दिनअगाडि सरकारको आलोचना गर्ने परिपाटी नभए पनि तोडिएको एमाले सांसद रघुजी पन्तले बताए ।

पन्तले सत्ता नै पाउन नसक्ने अवस्था आएपछि प्रचण्डले सत्ता चाहिँदैन भन्ने अभिव्यक्ति दिएको जिकिर गरे । पन्तले माओवादीसँग सत्ता माग्ने अधिकार नभएको बताए । कांग्रेस सचेतक सुशीला थिङले पार्टीहरूका दोहोरो चरित्रमाथि कठोर टिप्पणी गरिन् ।

भुटानी शरणार्थी काण्डको कुरा गर्नेले सहकारी बिर्सिएकोमा असन्तुष्टि जनाउँदै यी दुवै विषयमा सदनमा बहसमा बन्देज लगाउनुपर्ने बताइन् । अरूको काण्ड देख्नेले आफू मुछिएको काण्ड बिर्सिनु अनौठो भएको उनको भनाइ थियो ।

 


Thali Mobile Pvt.Ltd.