भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

त्रिविका पाँच संकाय नेतृत्वविहीन

त्रिविका पाँच संकाय नेतृत्वविहीन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पाँच संकाय दुई महिनादेखि डिनविहीन बनेका छन् । कार्यकाल सकिएपछि चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकाय नेतृत्वविहीन बनेका हुन् ।डिनहरूको कार्यकाल दुई महिनाअघि सकिएपछि यी संकाय निमित्तको भरमा छन् ।

तर, कार्यालय सकिएकै डिनहरूले निमित्तको जिम्मेवारी पाएका छन् । चिकित्सा शिक्षामा विद्या साह, इन्जिनियरिङमा शशिधरराम जोशी, कृषि तथा पशु विज्ञानमा किशोर दाहाल, मानविकी तथा सामाजिकमा कुसुम शाक्य र शिक्षाशास्त्र संकायमा चित्र बुढाथोकीले निमित्तको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्रिवि कार्यकारी परिष्दले अर्को व्यवस्था नहुँदासम्मका लागि उनीहरूलाई नै निमित्तको जिम्मेवारी दिएको हो । यस्तै वन विज्ञान, विज्ञान तथा प्रविधि र व्यवस्थापन संकायका डिनको कार्यकाल पनि आगामी मंसिरदेखि सकिँदै छ । त्रिविका रजिस्ट्रार प्राडा केदार रिजालले दुई साताभित्र कुन संकायमा को नियुक्ति गर्ने भन्ने विषय टुंगो लाग्ने बताए । डिन बन्नका लागि एकै व्यक्ति दुईपटक डिन बन्न नपाउने, कम्तीमा १० वर्ष प्राध्यापनरत प्राध्यापक वा सहप्राध्यापक भएकोलगायत योग्यता हुनुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.