भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

त्रिविका पाँच संकाय नेतृत्वविहीन

त्रिविका पाँच संकाय नेतृत्वविहीन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पाँच संकाय दुई महिनादेखि डिनविहीन बनेका छन् । कार्यकाल सकिएपछि चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकाय नेतृत्वविहीन बनेका हुन् ।डिनहरूको कार्यकाल दुई महिनाअघि सकिएपछि यी संकाय निमित्तको भरमा छन् ।

तर, कार्यालय सकिएकै डिनहरूले निमित्तको जिम्मेवारी पाएका छन् । चिकित्सा शिक्षामा विद्या साह, इन्जिनियरिङमा शशिधरराम जोशी, कृषि तथा पशु विज्ञानमा किशोर दाहाल, मानविकी तथा सामाजिकमा कुसुम शाक्य र शिक्षाशास्त्र संकायमा चित्र बुढाथोकीले निमित्तको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्रिवि कार्यकारी परिष्दले अर्को व्यवस्था नहुँदासम्मका लागि उनीहरूलाई नै निमित्तको जिम्मेवारी दिएको हो । यस्तै वन विज्ञान, विज्ञान तथा प्रविधि र व्यवस्थापन संकायका डिनको कार्यकाल पनि आगामी मंसिरदेखि सकिँदै छ । त्रिविका रजिस्ट्रार प्राडा केदार रिजालले दुई साताभित्र कुन संकायमा को नियुक्ति गर्ने भन्ने विषय टुंगो लाग्ने बताए । डिन बन्नका लागि एकै व्यक्ति दुईपटक डिन बन्न नपाउने, कम्तीमा १० वर्ष प्राध्यापनरत प्राध्यापक वा सहप्राध्यापक भएकोलगायत योग्यता हुनुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.