भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

अष्ट्रेलियाको र थाइल्याण्डको भ्रमणबाट के सन्देश ल्याएर फर्किए राजेन्द्र लिङ्देन ?

अष्ट्रेलियाको र थाइल्याण्डको भ्रमणबाट के सन्देश ल्याएर फर्किए राजेन्द्र लिङ्देन ?

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको र थाइल्याण्डको भ्रमण पूरा गरी फर्किएका छन् । प्रवासी एकता समाज अष्ट्रेलियाको निमन्त्रणामा विभिन्न शहरमा आयोजित विविध कार्यक्रममा सहभागी हुन साउन ३१ गते उनी त्यसतर्फ गएका थिए ।

अष्ट्रेलियामा रहँदा एनआरएनए अष्ट्रेलिया, झापाली समाज, अवैतनिक महावाणिज्यदूतको कार्यालय एवं मेलवर्न, एडिलेड र सिड्नीका नेपाली समुदायद्वारा आयोजित कार्यक्रममा सहभागी भएका थिए । लिङ्देनले बैङ्ककमा आयोजित प्रवासी नेपाली एकता समाज थाइल्याण्डको भेलालाई पनि सम्बोधन गरेका थिए ।

भ्रमण पूरा गरी स्वदेश फर्किएका अध्यक्ष लिङ्देनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ लगायतले स्वागत गरे ।

भ्रमण टोलीमा केही समयअघि अष्ट्रेलिया पुगेका प्रवक्ता एवं कोशी प्रदेशका सांसद भक्तिप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की पनि सहभागी थिए।

 


Thali Mobile Pvt.Ltd.