भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर

नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा प्रमुख दाबेदार मनिएको भारत प्रतियोगिताको सुरुआतदेखि नै कमजोर प्रदर्शनमा पुग्यो । यसपटक भारतको दाबेदार यात्रा सेमिफाइनलमै रोकिएपछि चुरिफुरी अन्त्य भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा बाङ्लादेशले पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै भारतको चुनौती समाप्त गरिदिएको हो ।

अब उपाधि उचाल्न घरेलु टोली नेपाल र बाङ्लादेश मैदानमा बुधबार प्रतिस्पर्धा गर्नेछन् । यसअघि बाङ्लादेश र भारत ६ पल्ट भिडेका थिए । तर, ती भेटमा भारत सधैं अब्बल साबित रह्यो । सन् २०१७ को यु–१८ च्याम्पियनसिपमा बाङ्लादेशले भारतलाई ४–३ ले हराएको थियो ।

गत संस्करणको यु–२० च्याम्पियनसिपको समूहचरणमा पनि बाङ्लादेशले भारतलाई २–१ ले हरायो । फाइनलमा भने बाङ्लादेश अतिरिक्त समयमार्फत भारतसँग ५–२ ले पराजित हुन पुग्यो । त्यही हारसँगै बाङ्लादेशले पाँच वर्षपछि उपाधि जित्ने अवसर गुमाएको थियो । यसपल्ट भने सेमिफाइनलमा बाङ्लादेशले भारतसँग बदला लिन सफल भएको छ । यसमा नायक भने दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफ बने । उनले भारतका केल्भिन सिंह र आकाश तिर्केको प्रहार रोके।

 


Thali Mobile Pvt.Ltd.