भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर

नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा प्रमुख दाबेदार मनिएको भारत प्रतियोगिताको सुरुआतदेखि नै कमजोर प्रदर्शनमा पुग्यो । यसपटक भारतको दाबेदार यात्रा सेमिफाइनलमै रोकिएपछि चुरिफुरी अन्त्य भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा बाङ्लादेशले पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै भारतको चुनौती समाप्त गरिदिएको हो ।

अब उपाधि उचाल्न घरेलु टोली नेपाल र बाङ्लादेश मैदानमा बुधबार प्रतिस्पर्धा गर्नेछन् । यसअघि बाङ्लादेश र भारत ६ पल्ट भिडेका थिए । तर, ती भेटमा भारत सधैं अब्बल साबित रह्यो । सन् २०१७ को यु–१८ च्याम्पियनसिपमा बाङ्लादेशले भारतलाई ४–३ ले हराएको थियो ।

गत संस्करणको यु–२० च्याम्पियनसिपको समूहचरणमा पनि बाङ्लादेशले भारतलाई २–१ ले हरायो । फाइनलमा भने बाङ्लादेश अतिरिक्त समयमार्फत भारतसँग ५–२ ले पराजित हुन पुग्यो । त्यही हारसँगै बाङ्लादेशले पाँच वर्षपछि उपाधि जित्ने अवसर गुमाएको थियो । यसपल्ट भने सेमिफाइनलमा बाङ्लादेशले भारतसँग बदला लिन सफल भएको छ । यसमा नायक भने दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफ बने । उनले भारतका केल्भिन सिंह र आकाश तिर्केको प्रहार रोके।

 


Thali Mobile Pvt.Ltd.