भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

ओलीलाई रास्वपाको प्रश्नः राजनीति केका लागि गर्नुभयो?

ओलीलाई रास्वपाको प्रश्नः राजनीति केका लागि गर्नुभयो?

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्तिमार्फत अपहेलना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सांसद शिशिर खनालले एमाले अध्यक्ष ओलीलाई लामो समयदेखि नेपाली राजनीति केका लागि गरेको भन्दै प्रश्न समेत गरे । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर देशको नेतृत्व गर्न नपाइने हो भन्दै प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले महिलाको अधिकार, वर्गीय समानताका लागि नेपालमा राजनीति भएको होइन भन्दै प्रश्न गरे । उनले भने ‘लामो समयदेखि नेपाली राजनीतिमा महिलाको उन्मुक्तिको लागि, वर्गीय उन्मुक्तिका लागि राजनीति के का लागि गरेको ? सबै महिला र पुरुष बराबर हुन् भनेर होइन र ?’

 

 


Thali Mobile Pvt.Ltd.