भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भिभीआइपीलाई राप्रपाको आग्रहः नागढुंगादेखि गल्छी सम्म यात्रा गर्नुस्

भिभीआइपीलाई राप्रपाको आग्रहः नागढुंगादेखि गल्छी सम्म यात्रा गर्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले भिभीआइपी र भिआइपीहरूलाई नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न आग्रह गरेकी छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले नागढुंगादेखि गल्छी सडकमा तामझाँमबिनै आफै गाडी चलाएर सीसा खोलेर यात्रा गर्न भिभीआइपीलाई अनुरोध गरेकी छन्।

नागढुंगा-गल्छी सडक स्तरउन्नतीका काम भइरहेकोले पानी परेका बेला हिलो र घाम चर्केका बेला धुलो हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। सांसद लामाले नागढुंगा-गल्छी सडकको विकल्पमा रहेको धार्के-भीमढुंगा(काठमाडौं सडक कालोपत्र गर्न पनि आग्रह गरेकी छन्।

 


Thali Mobile Pvt.Ltd.