भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भिभीआइपीलाई राप्रपाको आग्रहः नागढुंगादेखि गल्छी सम्म यात्रा गर्नुस्

भिभीआइपीलाई राप्रपाको आग्रहः नागढुंगादेखि गल्छी सम्म यात्रा गर्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले भिभीआइपी र भिआइपीहरूलाई नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न आग्रह गरेकी छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले नागढुंगादेखि गल्छी सडकमा तामझाँमबिनै आफै गाडी चलाएर सीसा खोलेर यात्रा गर्न भिभीआइपीलाई अनुरोध गरेकी छन्।

नागढुंगा-गल्छी सडक स्तरउन्नतीका काम भइरहेकोले पानी परेका बेला हिलो र घाम चर्केका बेला धुलो हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। सांसद लामाले नागढुंगा-गल्छी सडकको विकल्पमा रहेको धार्के-भीमढुंगा(काठमाडौं सडक कालोपत्र गर्न पनि आग्रह गरेकी छन्।

 


Thali Mobile Pvt.Ltd.