भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भारतीय उद्योगपति रतन टाटाको निधन

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं । प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ । गए राति मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले एक वक्तव्य जारी गर्दै रतन टाटाको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतले दुःख व्यक्त गरेका छन् । उद्योगी रतन टाटा निकै लोकप्रिय थिए । राष्ट्रपति द्रौपदी मुर्मूले उनको निधनले भारतले कर्पोरेटको विकासलाई देशको विकाससँग जोड्ने तथा उत्कृष्टतालाई नैतिकतासँग जोड्ने एक आइकन गुमाएको टिप्पणी गरेकी छन् ।

२८ डिसेम्बर सन् १९३७ मा जन्मिएका टाटाको ९ अक्टोबर २०२४ मा निधन भएको हो । भारत सरकारले उनलाई पद्म विभुषणले सम्मान गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.