भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली परिचालन

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली परिचालन

रौतहट, १८ फागुन । रौतहटको राजपुर नगरपालिका–३ स्थित ग्रामीण सडक किनारमा शंकास्पद वस्तु फेला परेको छ । बेवारिसे अवस्थामा रहेको उक्त वस्तु स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गौर–पुरेनवा स्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको जनाइएको छ । नेपाली सेनाका अनुसार बम डिस्पोजल टोलीले शंकास्पद वस्तुको प्रकृति पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर सुरक्षित रूपमा डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

घटनास्थल वरपर सर्वसाधारणको आवतजावत रोकिएको छ भने सुरक्षा घेरा कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.