भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

झुटा प्रचारका लागि सामाजिक सञ्जालको अति प्रयोग भइरहेको छ : निर्वाचन आयोग

झुटा प्रचारका लागि सामाजिक सञ्जालको अति प्रयोग भइरहेको छ : निर्वाचन आयोग

काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत झुटा प्रचारको प्रवृत्ति अत्यधिक बढिरहेको जनाएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै झुटा तथा भ्रामक सामग्रीको नियन्त्रणका लागि आयोग सक्रिय रूपमा लागिरहेको बताए । निर्वाचन आयोग का अनुसार सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना र एआई–सिर्जित डिपफेक सामग्रीको प्रयोग उल्लेख्य रूपमा बढेको छ ।

प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा उनले सञ्चार क्षेत्रले पनि गलत प्रचार रोक्न जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए । आयोगको तथ्यांकअनुसार शुक्रबारसम्म ६१२ वटा हानिकारक सूचना ट्र्याक गरिएको छ । ती सूचनामाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

विधुतीय कारोबार ऐन २०६३ आकर्षित हुने प्रकरणहरूलाई कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको छ । यस्तै निर्वाचन आचारसंहिता २०८२ उल्लंघनसँग सम्बन्धित सूचनालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ ।

त्यसैगरी प्रेस काउन्सिल ऐन २०४८ अन्तर्गत पर्ने विषयहरू सम्बन्धित निकायमा पठाइएको आयोगले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.