भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

रुपन्देहीबाट १३ युवतीको उद्धार

रुपन्देहीबाट १३ युवतीको उद्धार

काठमाडौं । रुपन्देहीबाट १३ युवतीको उद्धार गरिएको छ। भारतको बाटोबाट कुवेत जान खोजेका युवतीहरुलाई उनीहरुलाई उद्धार गरिएको हो ।

मानव बेचबिखनकाविरुद्धमा काम गर्ने शान्ति पुर्नस्थापना केन्द्र नामक संस्थासँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो। उनीहरु सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, सिन्धुली, झापा घर भएका युुवतीहरु छन्।

बेलहिया नाकामार्फत भारत हुँदै अवैध रुपमा कुवेत जान खोजेका १३ युवतीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सोधपुछ गरेपछि थप कुरा खल्ने उनको प्रहरीले जनाएको छ । युवतीहरुसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

वैधानिक तवरबाट नेपालबाट सिधै कुवेत जान सकिने भए पनि उनीहरुले भारतको बाटो प्रयोग गर्न खोज्नु शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.