भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण

हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण

एजेन्सी, माघ ७ । चीनले दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ।

हैनानमा रहेको व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको हो।

यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो। यसअघि ६ दिनअघि त्यही स्थानबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो। चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) अन्तर्गत अन्तरिक्ष क्षेत्रलाई देशको औद्योगिक प्रणाली र वास्तविक अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिएको छ।

उच्च कार्यक्षमता, बजारमुखी नवप्रवर्तन र ठूलो मात्रामा उत्पादन क्षमता भएका व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चीनको अन्तरिक्ष विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

सोमवार प्रक्षेपित उपग्रहहरू बेइजिङमा रहेको व्यावसायिक कम्पनी ग्यालेक्सीस्पेसले विकास गरेको हो। कम्पनीले अहिलेसम्म स्टारलिङ्क–जस्तै उपग्रह सञ्जाल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

 


Thali Mobile Pvt.Ltd.