भर्खरै : Sorry, your browser does not support inline SVG.
बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त |

इरानमाथिको आक्रमण योजना स्थगित गरियोः ट्रम्प

इरानमाथिको आक्रमण योजना स्थगित गरियोः ट्रम्प

 एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि मंगलबार गर्ने भनिएको सैन्य आक्रमण योजना तत्कालका लागि स्थगित गरिएको बताएका छन्। उनले मध्यपूर्वमा जारी तनाव र आणविक वार्तालाई ध्यानमा राख्दै यो निर्णय लिएको जनाएका हुन्।

ट्रम्पका अनुसार इरान सँगको वार्ता अहिले थप गम्भीर चरणमा प्रवेश गरेको छ। कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि आक्रमण योजना रोकिएको उनले बताएका छन्।

ट्रम्पले यदि वार्ताबाट कुनै सम्झौता नभएमा कुनै पनि समयमा ठूलो स्तरको सैन्य कारबाही सुरु गर्न तयार रहन अमेरिकी सैन्य नेतृत्वलाई निर्देशन दिएको समेत उल्लेख गरेका छन्। तर उनले सम्भावित लक्ष्य वा कारबाहीको दायरा खुलाएका छैनन्।

उनका अनुसार मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु हो। यसलाई उनले “रेड लाइन” भन्दै पुनः दोहोर्‍याएका छन्। ट्रम्पले खाडी राष्ट्रहरू कुनै शान्ति प्रस्तावबाट सन्तुष्ट भए अमेरिका पनि सहमत हुन सक्ने संकेत गरेका छन्। उनले वार्ताको सफलताप्रति आशा व्यक्त गरे पनि परिणाम अझै अनिश्चित रहेको बताएका छन्।

यसअघि उनले इरानलाई सम्झौताका लागि समय सीमित रहेको चेतावनी दिएका थिए। सोमबार इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत आफ्नो वार्तासम्बन्धी प्रतिक्रिया पठाएको बताइएको छ। ट्रम्पले भने, “यदि बिना ठूलो बमबारी समस्या समाधान गर्न सकियो भने म अत्यन्त खुसी हुनेछु,” भन्दै कूटनीतिक समाधानप्रति आफू सकारात्मक रहेको संकेत गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.