भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

एक महिनासम्म सडक आंशिक रूपमा बन्द हुने

एक महिनासम्म सडक आंशिक रूपमा बन्द हुने

तनहुँ । एक महिनासम्म सडक आंशिक रूपमा बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर खण्ड एक महिनासम्म आंशिक बन्द हुने भएको हो ।

आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना गाडी तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल) को प्रयोग गर्न सक्नेछन् । ठूला गाडीका चालकलाई रोक्दा र चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न सडक योजनाले अनुरोध गरेको छ ।

बन्दीपुर–४ चुनपहराको सडक निर्माण कामलाई तीव्रता दिन शुक्रबारदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको जनाएको छ ।

सडक आवश्यकताअनुसार समय–समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.