भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

एक महिनासम्म सडक आंशिक रूपमा बन्द हुने

एक महिनासम्म सडक आंशिक रूपमा बन्द हुने

तनहुँ । एक महिनासम्म सडक आंशिक रूपमा बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर खण्ड एक महिनासम्म आंशिक बन्द हुने भएको हो ।

आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना गाडी तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल) को प्रयोग गर्न सक्नेछन् । ठूला गाडीका चालकलाई रोक्दा र चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न सडक योजनाले अनुरोध गरेको छ ।

बन्दीपुर–४ चुनपहराको सडक निर्माण कामलाई तीव्रता दिन शुक्रबारदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको जनाएको छ ।

सडक आवश्यकताअनुसार समय–समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.