भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अत्याधुनिक हतियारसहित लुटेरा समूह पक्राउ

अत्याधुनिक हतियारसहित लुटेरा समूह पक्राउ

मुगु । लुटेरा समूहलाई प्रहरीले पक्राउ गरेको छ । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई पक्राउँ गरी गरी सार्वजनिक गरेको छ । प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेरा समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । उनीहरु एसएलआर हतियार सहित पक्राउ परेका हुन ।

 


Thali Mobile Pvt.Ltd.