भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

चीनतर्फको सीमा नाका पाँच वर्षपछि खुले

चीनतर्फको सीमा नाका पाँच वर्षपछि खुले

गोरखा । गोरखा सामागाउँको रुइला नाका र छेकम्पारको ङुइला नाका छोटो समयका लागि खुला भएका छन् । गोरखासँग जोडिएको चीनतर्फको दुई वटा सीमा नाका खुलेका हुन ।

छेकम्पारतर्फको ङुइला नाका मंगलबारदेखि एक महिनाको लागि र सामागाउँतर्फको रुइला नाका १५ दिनका लागि खुला गरिएको हो ।
सशस्त्र प्रहरी बलले केही महिनाअघि मात्रै चुमनुब्री गाउँपालिका वडा नम्वर–१ को साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

नाका खुल्ने भए पछि बिओपीबाट सुरक्षाकर्मीलाई ३५ नम्वर पिल्लर रुइला नाकामा पठाउन लागिएको जनाएको छ । रुइला नाकाबाट पनि तिब्बती बजारको सीमित क्षेत्रमा मात्रै प्रवेश दिइने चिनियाँ पक्षले बताएको छ ।

ङुइला नाकाबाट सबैभन्दा नजिकको तिब्बती गाउँ स्याकसम्ममात्रै जान पाउने गरि नाका खुले छ । पाँच वर्ष पहिले नाका बन्द हुनुअघिसम्म चुम उपत्यकाका बासिन्दा किनमेलका लागि तिब्बती बजार झोंगासम्मै पुग्ने गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.