भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नै असुरक्षित भएः शिक्षामन्त्रीले

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नै असुरक्षित भएः शिक्षामन्त्रीले

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यायलयमा केही दिनदेखि पदाधिकारीमाथि हमला गर्न खोजिएको भन्दै सुरक्षा माग गरेकी छन् ।उनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई लगातार धम्की आएपछि सुरक्षाका लागि सार्वजनिक रुपमा अपिल गरेको बताएकी छन् । यो अपिल सरकारसँग नभई जनतासँग गरिएको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, “त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।”

उनले भनेकी छन्, “मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । विगत पाँच दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु ।”

 


Thali Mobile Pvt.Ltd.