भर्खरै : Sorry, your browser does not support inline SVG.
एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा |

आफ्नै स्नुकर हाउसमा अचेत भेटिएका थिए रुपक

आफ्नै स्नुकर हाउसमा अचेत भेटिएका थिए रुपक

काठमाडौं । काठमाडौंको शंखमूलस्थित बागमती कोरिडोरस्थित सुकुम्बासी बस्तीका रुपक बान्तवाको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।

उनी स्नुकर हाउसका सञ्चालक रहेको खुलेको छ ।लक्ष्मी बान्तवाको घरको भुइँतल्लामा रुपकले ‘द टायम पास स्नुकर’ एन्ड खाजा घर सञ्चालन गर्दै आएका थिए ।

गएराति ४० वर्षीया बान्तवा आफ्नै स्नुकर हाउसको सोफामा अचेत फेला परेका थिए । उनलाई उपचारका लागि सिभिल अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको हो ।

आफ्नै स्नुकर हाउसमा उनीमाथि आक्रमण भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

राति १ः५० मा प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थलमा पुगेको थियो । त्यति बेला उनी सोफामा उत्तानो परेको अवस्थामा अचेत भेटिएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.