भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुसले युक्रेनमा गरिरहेको आक्रमणप्रति उत्तर कोरियाको समर्थन

रुसले युक्रेनमा गरिरहेको आक्रमणप्रति उत्तर कोरियाको समर्थन

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले रुसले युक्रेनमा गरिरहेको आक्रमणको समर्थन गरेका छन् । उत्तर कोरिया भ्रमणमा गएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भएको झन्डै दुई घण्टाको भेटवार्तामा उनले युद्धको समर्थन गर्नुभएको रोयटर्सले जनाएको छ । यसअघि हतियार लगायत सैन्य सहयोग गरे पनि सर्वोच्च नेता उन युक्रेन युद्धबारे मौन रहेका थिए।

यसैबीच रुस र उत्तर कोरियाले एक अर्कामाथि कतैबाट आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा सम्झौता भएको बीबीसीले जनाएको छ । दुई वर्षदेखि युक्रेनसँग युद्ध गरिरहेका रुसी राष्ट्रपति पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा छन् ।

अमेरिका र जी–सेभेन राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्किएका पुटिनले सैन्य सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको रोयटर्सले जनाएको छ । उत्तर कोरियामा २४ वर्षपछि रुसी राष्ट्रपतिको भ्रमण भएको हो । पुटिनलाई उत्तर कोरियाले भव्य स्वागत गरेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.