भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

रुस र पश्चिमा देशबीच अहिलेसम्मकै सबैभन्दा धेरै कैदीबन्दीको आदानप्रदान

रुस र पश्चिमा देशबीच अहिलेसम्मकै सबैभन्दा धेरै कैदीबन्दीको आदानप्रदान

काठमाडौंं । रुस र पश्चिमा देशबीच अहिलेसम्मकै सबैभन्दा धेरै कैदीबन्दीको आदानप्रदान भएको छ । रुसले आफ्नो हिरासतमा राखेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित आठ जना रुसी बन्दीलाई टर्कीले रिहा गरेको छ । टर्की सरकारले विज्ञप्ति निकालेर २४ जना कैदीबन्दी आदानप्रदान भएको पुष्टि गरेको हो ।

पछिल्लो कैदी बन्दी आदान प्रदानलाई अहिलेसम्मकै ऐतिहासिक कदम भन्दै चौतर्फी प्रशंसा भइरहेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटीनसहितका अधिकारीले फर्किएका रुसीलाई विमानस्थालमा स्वागत गरेका छन् ।

वाल स्ट्रिट जर्नलका पत्रकार गेर्शकोविचलाई जासुसी गरेको आरोपमा रुसी अदालतले १६ वर्षको काराबास सजाय सुनाएको केही हप्तापछि नै उहाँको पनि रिहा भएको छ । रुसले छाडेका बन्दीमा १३ जना जर्मनी र तीन जना अमेरिका फर्किएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.