भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

रुसी ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु

रुसी ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु

एजेन्सी। रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु भएको छ भने दक्षिण पश्चिमी सहरहरुमा एकपछि अर्को ग्लाइड बम आक्रमण गर्दा ३० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्।

माइकोलाभइ सहरमा ५ जना मारिएको समाचारमा जनाइएको छ। यसअघि आइतबार युक्रेनले रुसको राजधानी मस्को लक्षित गरेर ३४ वटा ड्रोन आक्रमण गरेको थियो। त्यसको बदलामा रुसले युक्रेनका विभिन्न सहरमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।

बीबीसीका अनुसार पछिल्लोपटक रुस र युक्रेनबी हालसम्मकै घातक बम ड्रोन आक्रमण भएको छ। यसैबीच, युक्रेनले आफ्ना ५० हजार सैनिक रुसको कुस्र्क क्षेत्रमा फसेको दाबी गरेको छ। राष्ट्रपति भोलोेदिमिर जेलेन्स्कीले राष्ट्रको नाममा हुने आफ्नो नियमित सम्बोधनमा यस्तो दाबी गरेका छन्। उनले ठूलो संख्यामा आफ्ना सैनिक रुसमा फसेकाले मस्कोमा आक्रमण गर्ने क्षमता कम भएको बताए।

केही स्वतन्त्र सञ्चारमाध्यमहरुले भने यसअघि रुसको कुस्र्क क्षेत्रमा ११ हजार युक्रेनी सैनिक मात्र रहेको बताएका थिए। तर जेलेन्स्कीले ५० हजार सैनिक फसेको दाबी गरेको बीबीसीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.