एजेन्सी। रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु भएको छ भने दक्षिण पश्चिमी सहरहरुमा एकपछि अर्को ग्लाइड बम आक्रमण गर्दा ३० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्।
माइकोलाभइ सहरमा ५ जना मारिएको समाचारमा जनाइएको छ। यसअघि आइतबार युक्रेनले रुसको राजधानी मस्को लक्षित गरेर ३४ वटा ड्रोन आक्रमण गरेको थियो। त्यसको बदलामा रुसले युक्रेनका विभिन्न सहरमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।
बीबीसीका अनुसार पछिल्लोपटक रुस र युक्रेनबी हालसम्मकै घातक बम ड्रोन आक्रमण भएको छ। यसैबीच, युक्रेनले आफ्ना ५० हजार सैनिक रुसको कुस्र्क क्षेत्रमा फसेको दाबी गरेको छ। राष्ट्रपति भोलोेदिमिर जेलेन्स्कीले राष्ट्रको नाममा हुने आफ्नो नियमित सम्बोधनमा यस्तो दाबी गरेका छन्। उनले ठूलो संख्यामा आफ्ना सैनिक रुसमा फसेकाले मस्कोमा आक्रमण गर्ने क्षमता कम भएको बताए।
केही स्वतन्त्र सञ्चारमाध्यमहरुले भने यसअघि रुसको कुस्र्क क्षेत्रमा ११ हजार युक्रेनी सैनिक मात्र रहेको बताएका थिए। तर जेलेन्स्कीले ५० हजार सैनिक फसेको दाबी गरेको बीबीसीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा इरानको गुप्तचर...
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...