भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सडक तथा नदी किनारमा आगो बाल्न निषेध

सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो ।

अटेर गरेमा पाँच सयदेखि १५ हजार रुपियाँसम्म जरिवाना गर्ने महानगरपालिकाको चेतावनी छ । जाडो मौसममा सडक तथा नदी किनारामा फोहोर जम्मा गरेर आगो बाल्दा वायु प्रदूषण बढ्ने भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।

नदी किनारमा बस्नेले तथा सडक बालबालिकाले जाडोयाम शरु भएपछि फोहोर थुपारेर रातभर आगो बाल्ने गरेको र त्यसबाट वायु प्रदूषण बढ्दा श्वासप्रश्वासको समस्या बढ्ने गरेको तथ्यांकको आधारमा आगो बाल्न निषेध गरिएको विभागले स्पष्ट पारेको छ ।

विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका नदी तथा खोलाका पुलमुनिका सडक किनाराहरुमा विशेष निगरानी र अनुगमन शुरू गरेको महानगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.