भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सडक तथा नदी किनारमा आगो बाल्न निषेध

सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो ।

अटेर गरेमा पाँच सयदेखि १५ हजार रुपियाँसम्म जरिवाना गर्ने महानगरपालिकाको चेतावनी छ । जाडो मौसममा सडक तथा नदी किनारामा फोहोर जम्मा गरेर आगो बाल्दा वायु प्रदूषण बढ्ने भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।

नदी किनारमा बस्नेले तथा सडक बालबालिकाले जाडोयाम शरु भएपछि फोहोर थुपारेर रातभर आगो बाल्ने गरेको र त्यसबाट वायु प्रदूषण बढ्दा श्वासप्रश्वासको समस्या बढ्ने गरेको तथ्यांकको आधारमा आगो बाल्न निषेध गरिएको विभागले स्पष्ट पारेको छ ।

विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका नदी तथा खोलाका पुलमुनिका सडक किनाराहरुमा विशेष निगरानी र अनुगमन शुरू गरेको महानगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.