भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

संघर्षबाट नेतृत्वतर्फ: सुर्खेत–२ का उम्मेदवारको सेवा र रूपान्तरणको संकल्प

संघर्षबाट नेतृत्वतर्फ: सुर्खेत–२ का उम्मेदवारको सेवा र रूपान्तरणको संकल्प

सुर्खेत, ६ माघ । “भुइँमान्छेदेखि नेतृत्वसम्म” भन्ने नारासहित सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका एक स्थानीय अभियन्ताले संघर्ष, श्रम र सेवाको यात्रालाई आफ्नो राजनीतिक आधार बनाएका छन्।

उम्मेदवारले आफू कुनै ठूलो राजनीतिक घरानाको विरासतबाट नभई सुर्खेतकै माटोमा पसिना बगाउँदै संघर्षको कठिन बाटो हिँडेर आएको भुइँमान्छे भएको रमेश सापकाेटाले बताएका छन्। उनका अनुसार उनको जीवनयात्रा अभाव र चुनौतीकै बीच सुरु भएको हो, जसले समाजमा रहेका अन्याय, विसंगति र पीडासँग जुध्ने साहस दिएको छ।

उनले साधारण श्रमिकदेखि व्यवस्थापकसम्मको यात्रामा “जसले भुइँको धुलो खाएको छ, उसैलाई मात्र माटोको मूल्य थाहा हुन्छ” भन्ने अनुभव सँगालेको बताएका छन्। यातायात सिन्डिकेट, बेथिति र अन्यायविरुद्ध एक्लै उभिँदा पनि नडगमगाएको उनको दाबी छ।

सुर्खेतलाई उनले जन्मभूमि मात्र नभई कर्मभूमि, आस्था र पहिचानको केन्द्रका रूपमा वर्णन गरेका छन्। यहाँका समस्या आफूले प्रत्यक्ष भोगेकाले समाधान खोज्दा व्यवहारिक तरिकाले समाधान गर्ने बताएका छन् । गफभन्दा परिणाममा विश्वास गर्ने बताउँदै उनले क्षेत्रको समग्र रूपान्तरणका लागि राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न तयार रहेको जनाएका छन्।

राजनीतिलाई कारोबार नभई माटोको ऋण तिर्ने सेवा मानेर अघि बढ्ने उनले बताएका छन्। जेन–जीको चेतनाले मागेको परिवर्तन र आम नागरिकले खोजेको सुशासन संस्थागत गर्न सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको उनको भनाइ छ।

ठूला र भ्रमपूर्ण आश्वासनभन्दा इमान्दार साथ र निरन्तर उपस्थितिलाई प्राथमिकता दिने बताउँदै उनले जनताको दुःख–सुखमा सँगै उभिने प्रतिबद्धता जनाएका छन्। “विद्रोह चेतनाबाट जन्मियो, अब विकास र सुशासन हाम्रै कर्मबाट जन्मिनेछ” भन्ने उनको नारा रहेको छ।

गंगामाला देउती बज्यैको आशिर्वाद शिरोपर गर्दै उनले सुर्खेतको नयाँ इतिहास लेख्न सबैको साथ र विश्वासको अपील गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.