भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

प्रहरीको लाठी चार्जबाट दाङमा ६ जना विद्यार्थी नेता घाइते

प्रहरीको लाठी चार्जबाट दाङमा ६ जना विद्यार्थी नेता घाइते

दाङ । दाङमा प्रहरीको लाठी चार्जबाट ६ जना विद्यार्थी नेता घाइते भएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आर्युवेद विद्यापीठ बेलझुण्डीमा प्रहरीको लाठीबाट ६ जना घाइते भएका हुन ।

गएको फागुन २९ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा स्वतन्त्र विद्यार्थी युनियनको नाममा विभिन्न माग राखेर तालाबन्दी हुँदै आएको छ । वार्ताका नाममा विद्यार्थी नेताहरूले दुई दिनदेखि क्याम्पसका पदाधिकारीहरूलाई बन्धक बनाएको खबरपछि प्रहरी छुटाउन गएको थियो । प्रहरीमाथि आक्रमण भएपछि झडप हुँदा केही विद्यार्थी घाइते भएको प्रहले जनाएको छ ।

क्याम्पस प्रमुख प्रा.डा. रामचन्द्र अधिकारी र क्याम्पसका निमित्त प्रमुख डा.देवराज क्षेत्रीलाई उद्धार गरी तुलसीपुर ल्याएर राखेको प्रहरीले जनाएको छ । ढोका फोडेर क्याम्पसका पदाधिकारीहरूको उद्धार गरेको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.