भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

तीन सातामै फेरि सार्वजनिक यातायातको भाडा वृद्धि, ५ प्रतिशतले बढ्यो दर

तीन सातामै फेरि सार्वजनिक यातायातको भाडा वृद्धि, ५ प्रतिशतले बढ्यो दर

काठमाडौँ, १६ बैशाख । सरकारले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभाग ले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको जनाएको छ।

बढेको भाडा बुधबारदेखि नै लागू भएको विभागले जनाएको छ। अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ।

यसअघि गत चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो। भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले वैशाख १२ गते सहमति दिएको थियो।

सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ। विभागका अनुसार विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.