भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सरकार निजी क्षेत्रलाई सहज बनाउन कानुन निर्माणमा जुटेको छ : मन्त्री खड्का

सरकार निजी क्षेत्रलाई सहज बनाउन कानुन निर्माणमा जुटेको छ : मन्त्री खड्का

काठमाडौँ, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन्। तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् आयोजनामा प्रयोग हुने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग भएको हस्ताक्षर समारोहमा मन्त्री खड्काले यस्तो बताएका हुन्।

“निजी क्षेत्रलाई प्रोत्साहन गरेर ऊर्जा क्षेत्रको विकास गर्ने सरकारको लक्ष्य छ। निजी क्षेत्रबाट कर संकलन गरी मुलुकलाई समृद्ध बनाउन हामी अध्यादेशमार्फत छिटो कानुन ल्याइरहेका छौँ,” उनले भने। उनले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले जलविद्युत् आयोजनाले स्थानीय रोजगारी सिर्जना गर्ने र विपन्न वर्गका लागि २ लाखदेखि ५ लाख रुपैयाँसम्मको शेयर व्यवस्था गर्न लागिएको जानकारी दिए। “स्रोतमाथिको अधिकार सबैको बराबर हुनुपर्छ। निजी क्षेत्र पनि यसमा जोडिनुपर्छ,” उनले थपे।

नेकपा एमालेका सचिव योगेश भट्टराईले २०४६ पछिको नीतिले ऊर्जा क्षेत्रमा तीव्र विकास भएको र तमोर आयोजनाले ताप्लेजुङ, कोशी प्रदेश र समग्र मुलुकलाई फाइदा पुग्ने बताए। तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले यो आयोजनाले लोडसेडिङ अन्त्यमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे।

४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५१ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको यो आयोजनामा १२ अर्ब लगानीकर्ता, ८ अर्ब पब्लिक शेयर, २९ अर्ब बैंक तथा वित्तीय संस्था र २ अर्ब बत्ती बलेपछि भुक्तानी गर्ने गरी रकम जुटाइएको छ। चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

 


Thali Mobile Pvt.Ltd.