भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

राजावादी आन्दोलनको क्षतिपछि ४३ वटा बीमा दाबी, ५ करोड बराबरको माग

राजावादी आन्दोलनको क्षतिपछि ४३ वटा बीमा दाबी, ५ करोड बराबरको माग

काठमाडौँ, २२ चैत । राजावादीहरूको आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको बीमा दाबीमा हालसम्म ४३ वटा माग परेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार बुधबारसम्म ४ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको जनाएकाे छ ।

यी दाबीमध्ये सबैभन्दा धेरै ३३ वटा मोटर बीमा अन्तर्गत परेका छन् । जसमा १ अर्ब २२ करोड रुपैयाँको माग गरिएको छ। तीमध्ये २ वटा दाबीको ४३ हजार ८२२ रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जानकारी दिएको छ।

त्यस्तै, सम्पत्ति बीमा अन्तर्गत १६ वटा बीमालेखबाट ३ करोड ११ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ, तर हालसम्म कुनै भुक्तानी भएको छैन। इन्जिनियरिङ बीमा अन्तर्गत ३ वटा बीमालेखबाट ३७ लाख रुपैयाँ र विविध बीमा अन्तर्गत २ वटा बीमालेखबाट १० लाख १ हजार १३० रुपैयाँको दाबी परेको छ। विविध बीमामा ११३० रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

कुन कम्पनीमा कति दाबी?

सबैभन्दा बढी दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ, जहाँ २ वटा बीमालेखबाट १ करोड २७ लाख रुपैयाँ मागिएको छ। त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा बीमालेखबाट १ करोड १७ लाख ५० हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५ वटाबाट ६८ लाख ९१ हजार २१३, नेको इन्स्योरेन्समा ४ वटाबाट ५२ लाख, ओरियन्टल इन्स्योरेन्समा १ वटाबाट ४७ लाख ५० हजार र नेशनल इन्स्योरेन्समा ११ वटाबाट २० लाख ७५ हजार रुपैयाँको दाबी परेको छ।

यसैगरी, हिमालय जनरल इन्स्योरेन्समा १ वटाबाट १६ लाख ९५ हजार, आईजीआई प्रुदेन्सियलमा ४ वटाबाट १४ लाख ६० हजार, शिखर इन्स्योरेन्समा ५ वटाबाट १३ लाख २५ हजार १२, नेपाल इन्स्योरेन्समा १ वटाबाट ८ लाख ७१ हजार ७९५ र प्रभु इन्स्योरेन्समा १ वटाबाट ५० हजार रुपैयाँको दाबी दर्ता भएको छ।

भुक्तानीको अवस्था

शिखर इन्स्योरेन्सले ५ मध्ये ३ वटा दाबीको ४५ हजार १२ रुपैयाँ भुक्तानी गरिसकेको छ। अन्य कम्पनीहरूले भने हालसम्म कुनै भुक्तानी गरेका छैनन्। गत शुक्रबारको घटनापछि बीमा प्राधिकरणले आइतबार कम्पनीहरूलाई शीघ्र भुक्तानीका लागि निर्देशन दिएको थियो। यो प्रारम्भिक तथ्यांक मात्र भएको र आगामी दिनमा थप दाबी आउन सक्ने प्राधिकरणले बताएको छ।

 


Thali Mobile Pvt.Ltd.