भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

साउदीमा गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु

साउदीमा गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु

काठमाडौं । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ ।

एपीएफको रिपोर्टका अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ । ठूलो संख्यामा हज यात्रीहरू अहिले पनि बेपत्ता रहेको मिडिया रिपोर्टमा बताइएको छ । तर, साउदी अरबले अहिलेसम्म मृत्यु हुने र बेपत्ता बारे आधिकारिक रुपमा कुनै आँकडा जारी भने गरेको छैन । गत वर्ष हज यात्राको क्रममा मृत्यु हुनेको संख्या २४० थियो ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । रिपोर्टका अनुसार मृत्यु हुनेमा इजिप्टपछि जोर्डन, इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीहरू रहेका छन् । साउदी कूटनीतिज्ञले बताए अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो ।

साउदी अरेबियाका अधिकारीहरूका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०।४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २४० हज यात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए । साउदीले सबै यात्रुलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरूलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.