भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

झापा लैजाँदै गरिएको ५७ हजार डलर सिन्धुलीमा बरामद, एक पक्राउ

झापा लैजाँदै गरिएको ५७ हजार डलर सिन्धुलीमा बरामद, एक पक्राउ

काठमाडौं,  ३० पुस । सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एकजना युवक पक्राउ परेका छन्।

काठमाडौंबाट झापा जाँदै गरेको बसमा गएराति चेकजाँचका क्रममा झापाका युवराज नेवारको झोलाबाट उक्त डलर फेला परेको प्रहरी स्रोतले जनाएको छ।

बरामद गरिएको ५७ हजार अमेरिकी डलर नेपाली रुपैयाँमा करिब ८२ लाखभन्दा बढी हुन आउँछ। ठूलो परिमाणमा विदेशी मुद्रा बोकेर यात्रा गर्नु शंकास्पद मानिँदै प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त रकम किन र के प्रयोजनका लागि झापा लगिँदै थियो भन्ने विषयमा सिन्धुली प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.