भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

झापा लैजाँदै गरिएको ५७ हजार डलर सिन्धुलीमा बरामद, एक पक्राउ

झापा लैजाँदै गरिएको ५७ हजार डलर सिन्धुलीमा बरामद, एक पक्राउ

काठमाडौं,  ३० पुस । सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एकजना युवक पक्राउ परेका छन्।

काठमाडौंबाट झापा जाँदै गरेको बसमा गएराति चेकजाँचका क्रममा झापाका युवराज नेवारको झोलाबाट उक्त डलर फेला परेको प्रहरी स्रोतले जनाएको छ।

बरामद गरिएको ५७ हजार अमेरिकी डलर नेपाली रुपैयाँमा करिब ८२ लाखभन्दा बढी हुन आउँछ। ठूलो परिमाणमा विदेशी मुद्रा बोकेर यात्रा गर्नु शंकास्पद मानिँदै प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त रकम किन र के प्रयोजनका लागि झापा लगिँदै थियो भन्ने विषयमा सिन्धुली प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.