भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानमा सरकारविरोधी प्रदर्शनमा २,५०० भन्दा बढीको मृत्यु, १८ हजार पक्राउ

इरानमा सरकारविरोधी प्रदर्शनमा २,५०० भन्दा बढीको मृत्यु, १८ हजार पक्राउ

इरान । इरानमा दुई हप्तादेखि जारी सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षा बलको दमनबाट मृत्यु हुनेको संख्या २ हजार ५०० नाघेको छ। मानवअधिकारवादी समूहहरूले अस्पताल तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै मृतकको यो तथ्यांक सार्वजनिक गरेका हुन्।

यसैबीच, इरानी अधिकारीहरूले अन्तर्राष्ट्रिय फोन कल सेवामा लगाइएको प्रतिबन्ध हिजादेखि आंशिक रूपमा हटाएका छन्। तर इन्टरनेट भने अझै ठप्प पारिएको छ। देशका १८० भन्दा बढी शहरमा फैलिएको यो आन्दोलन इरानी मुद्राको अवमूल्यन र आर्थिक संकटविरुद्ध शुरु भए पनि अहिले शासन व्यवस्था परिवर्तनको मागमा केन्द्रित भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै दर्जनौँ प्रदर्शनकारी मारिएको र १८ हजारभन्दा बढी मानिस पक्राउ परेको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई सम्बोधन गर्दै ‘मद्दत आउँदैछ’ भन्ने आश्वासन दिएका छन्। उनले हत्या नरोकिए सैन्य कदम चाल्ने चेतावनी समेत दिएका छन्। इरानी सरकारले भने आन्दोलनलाई विदेशी शक्तिले उक्साएको आरोप लगाउँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.