भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सिंगापुर एयरलाइन्स आँधीमा फस्दा २० यात्री घाइते

सिंगापुर एयरलाइन्स आँधीमा फस्दा २० यात्री घाइते

बैंकक । सिंगापुर एयरलाइन्सको एक विमान भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट लागेको छ । घाइतेहरूको सघन उपचार कक्षमा उपचार भइरहेको बैंककको अस्पतालका प्रमुखले भनेका छन् ।

अस्पतालमा भर्ना हुनेमा दुई वर्षीय बालक पनि छन् । लन्डनबाट उडेको सो विमानले मंगलबार थाइल्यान्डमा आपत्कालीन अवतरण गरेको थियो । ४६ यात्रु र चालक दलका दुई सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले बताएको छ ।

आँधीका कारण विमान अचानक तल झर्दा सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएको बताइएको छ । अस्पतालका निर्देशक समितेज श्रीनाकरिनका अनुसार ४१ जना यात्रु अझै अस्पतालमै छन् । करिब आधालाई सघन उपचार कक्षमा राखिएको छ । मेरुदण्डमा चोट लागेका २२ जना भएको र ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू३२१ लन्डनबाट सिंगापुर आइरहँदा आकाशमा भयानक आँधीमा फस्यो । यस क्रममा विमानमा सवार ७३ वर्षका बेलायती पुरुषको मृत्यु भयो भने दर्जनौं घाइते भएका थिए ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.