भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सिंगापुर एयरलाइन्स आँधीमा फस्दा २० यात्री घाइते

सिंगापुर एयरलाइन्स आँधीमा फस्दा २० यात्री घाइते

बैंकक । सिंगापुर एयरलाइन्सको एक विमान भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट लागेको छ । घाइतेहरूको सघन उपचार कक्षमा उपचार भइरहेको बैंककको अस्पतालका प्रमुखले भनेका छन् ।

अस्पतालमा भर्ना हुनेमा दुई वर्षीय बालक पनि छन् । लन्डनबाट उडेको सो विमानले मंगलबार थाइल्यान्डमा आपत्कालीन अवतरण गरेको थियो । ४६ यात्रु र चालक दलका दुई सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले बताएको छ ।

आँधीका कारण विमान अचानक तल झर्दा सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएको बताइएको छ । अस्पतालका निर्देशक समितेज श्रीनाकरिनका अनुसार ४१ जना यात्रु अझै अस्पतालमै छन् । करिब आधालाई सघन उपचार कक्षमा राखिएको छ । मेरुदण्डमा चोट लागेका २२ जना भएको र ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू३२१ लन्डनबाट सिंगापुर आइरहँदा आकाशमा भयानक आँधीमा फस्यो । यस क्रममा विमानमा सवार ७३ वर्षका बेलायती पुरुषको मृत्यु भयो भने दर्जनौं घाइते भएका थिए ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.