पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द

पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ। धानवमार्गको कोटेश्वरपट्टि भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

अहिले धेरै वायुसेवाका जहाज ललितपुरमाथि होल्ड गरिरहेका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.