भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

स्वस्थ जीवन शैली

स्वस्थ जीवन शैली

मानिस प्रविधिको दास भएको छ । खाना मीठो, चिल्लो र मसालादार खानुपर्ने, ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने आजका मानिसको दैनिकि बनिसकेको छ । त्यस्तै मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोगहरू नियन्त्रणतर्फ गइरहेका छन् तर नसर्ने खालका दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ ।

त्यसमाथि वातावरण प्रदूषणले मानिसको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारिरहेको छ । जीवनशैली, वातावरण र मानिसको स्वास्थ्य एकआपसमा निकै घनिष्ठ सम्बन्ध भएका विषयवस्तु बनेका छन् । यसरी सरसर्ती हेर्दा जीवनशैलीमा आएको व्यापक परिवर्तनले नै कहिल्यै निको नहुने खालका गम्भीर रोगहरूका साथै खानपानका कारण लाग्ने सामान्य प्रकारका रोग पनि जटिल बन्दै गएका छन् ।

यस्ता विभिन्न रोगबाट छुटकारा पाउन जीवनशैलीमै पुनः परिवर्तन गरेमा मात्र त्यो सम्भव छ । अतः जीवनशैली परिवर्तन र विभिन्न रोगहरूबीचको सम्बन्ध निकै मजबुत छ भन्न सकिन्छ । सातामा ५० घण्टाभन्दा बढी काम गर्ने मानिसको कार्यक्षमतामा ह्रास आउँदै जान्छ । त्यसकारण काम र आराम दुवै एकैसाथ हुनुपर्छ । यसबाट कार्यक्षमता पनि बढ्छ भने अनेक खालका रोगहरूबाट समेत मुक्ति मिल्छ । यसको लागि सप्ताहन्त निम्न तरिकाहरू अपनाई बिताउन सकिन्छ ।

– सधैँ एकै समयमा उठ्ने,
– बिहानको समय आफ्ना लागि पनि छुट्याउने,

– ससाना साहासिक योजना बनाई नयाँ कार्य गर्ने,
– आफ्नो लगावलाई पनि स्थान दिने,

– कार्यालयको काम घरमा नलग्ने,
– हरेक साता एकै किसिमको काम नगरी फरक काम गर्ने,

– दिनहुँ व्यायाम गर्न नछुटाउने,
– साताभरका कुराहरू सोचेर समीक्षा गर्ने,

– परिवारसँग समय बिताउने र
– आउने साताको तयारी गर्ने आदि ।

यदि कुनै मानिसले उत्तम स्वास्थ्यको इच्छा राख्छ भने उसले आफ्नो मनमा रोगको विचार आउन दिनुहुँदैन । यदि तपाईं तपाईंको मनोबल कमजोर नहोस् भन्ने चाहनु हुन्छ भने आफ्नो मनोवृत्तिलाई स्वस्थ बनाउनुहोस् । आफ्नो मनलाई प्रसन्न राख्नुहोस् तथा यसलाई बेचैन हुन नदिनुहोस् ।

तपाईं स्वास्थ्यको स्वामी बन्न चाहनुहुन्छ भने सर्वप्रथम आफ्नो मनमा विश्वास जमाउनुस्, तपाईं रोगग्रस्त हुनुहुने छैन । आफ्नो दृढ सङ्कल्पद्वारा तपाईं जे चाहनुहुन्छ त्यही बन्न सक्नुहुन्छ । जे चाहनुहुन्छ त्यही पाउन सक्नुहुन्छ । सधैँ आफूलाई स्वस्थ सम्झनुुस्, बिर्सेर पनि रोग अथवा निर्बलताको विचार आफ्नो छेउमा पर्न नदिनुस् ।

शरीरमा ताजापन र स्फूर्ति ल्याउन, अनावश्यक वस्तुहरू शरीरबाट फ्याँक्न र शरीरलाई शुद्ध तथा हल्का बनाउन दिनहुँ स्नान गर्नुपर्छ । शरीरको अवस्था हेरी कहिलेकाहीँ तातो पानीको प्रयोग गरी नुहाउने गर्नुपर्छ भने अन्य अवस्थामा नुहाउँदा प्रायः चिसो पानी नै उपयुक्त हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.