भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या

दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या

काठमाडौं । दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या भएको विवरण सार्वजनिक भएको छ । गएको अप्रिल, मे र जून गरी तीन महिनाको बीचमा ६ हजार एक सय ९८ व्यक्तिको हत्या भएको प्रहरीको आँकडाले देखाएको छ । त्यहाँ अपराध नियन्त्रण नै अहिलेको नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको छ ।

सुरक्षा मन्त्री सेन्जो म्याकचुनुले लागुऔषधको कारोबारलाई केन्द्रित गरी अभियान चलाएको बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । दक्षिण अफ्रिकामा अप्रिलदेखि जूनको बीचमा नौ हजार तीन सय भन्दा धेरै बलात्कारका घटना दर्ता गरिएका छन् ।

मे महिनाको चुनावपछि अफ्रिकी नेसनल कांग्रेसले मध्यमार्गी डेमोक्रेटिक गठबन्धन र अन्य साना दलहरूसँग असहज गठबन्धन गर्न बाध्य राष्ट्रपति सिरिल रामफोसाको नयाँ गठबन्धन सरकार सामु अपराध नियन्त्रण र रोकथाम प्रमुख मुद्दा बनेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.