भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या

दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या

काठमाडौं । दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या भएको विवरण सार्वजनिक भएको छ । गएको अप्रिल, मे र जून गरी तीन महिनाको बीचमा ६ हजार एक सय ९८ व्यक्तिको हत्या भएको प्रहरीको आँकडाले देखाएको छ । त्यहाँ अपराध नियन्त्रण नै अहिलेको नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको छ ।

सुरक्षा मन्त्री सेन्जो म्याकचुनुले लागुऔषधको कारोबारलाई केन्द्रित गरी अभियान चलाएको बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । दक्षिण अफ्रिकामा अप्रिलदेखि जूनको बीचमा नौ हजार तीन सय भन्दा धेरै बलात्कारका घटना दर्ता गरिएका छन् ।

मे महिनाको चुनावपछि अफ्रिकी नेसनल कांग्रेसले मध्यमार्गी डेमोक्रेटिक गठबन्धन र अन्य साना दलहरूसँग असहज गठबन्धन गर्न बाध्य राष्ट्रपति सिरिल रामफोसाको नयाँ गठबन्धन सरकार सामु अपराध नियन्त्रण र रोकथाम प्रमुख मुद्दा बनेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.