भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

लुम्बिनीमा विश्वका धेरै राष्ट्रहरुको ध्यान केन्द्रत, शनिबार श्रीलंकाका राजदुतलाई उपाध्यक्ष डा.लामा द्वारा भव्य स्वागत

लुम्बिनीमा विश्वका धेरै राष्ट्रहरुको ध्यान केन्द्रत, शनिबार श्रीलंकाका राजदुतलाई उपाध्यक्ष डा.लामा द्वारा भव्य स्वागत

लुम्बिनी । लुम्बिनी विकास कोषले नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानालाई स्वागत गरेको छ । शनिबार राजदुत पाथिरानालाई बुद्धजन्मस्थल लुम्बिनीमा कोषका उपाध्यक्ष डा. ल्हाक्याल लामा (खेन्पो छिमे) लेस्वागत गरेका हुन । राजदुत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिबद्धता जनाए । उनी एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका छन् ।लुम्बिनीमा विश्वका धेरै राष्ट्रहरुको ध्यान केन्द्रत, शनिबार श्रीलंकाका राजदुतलाई उपाध्यक्ष डा.लामा द्वारा भव्य स्वागत

राजदूत पाथिरानालाई स्वागत गर्दै उपाध्यक्ष डा.लामाले राजदुत पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरे । उनले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताए ।

राजदुत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेतले समेत स्वागत गरेका थिए । राजदुत पाथिरानाले लुम्बिनीसँगै भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन् । उनले बुद्धजन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताए ।लुम्बिनीमा विश्वका धेरै राष्ट्रहरुको ध्यान केन्द्रत, शनिबार श्रीलंकाका राजदुतलाई उपाध्यक्ष डा.लामा द्वारा भव्य स्वागत

उक्त अवसरमा राजदुत पाथिराना र उपाध्यक्ष डा। लामाविच लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्बद्र्धक बिषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।
राजदुत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदुत पाथिरानालाई लुम्बिनीको महत्व, यसको पछिल्ला विकास लगायतका बिषयमा जानकारी गराए ।

 


Thali Mobile Pvt.Ltd.