भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बेसबलमा बागमती प्रदेश च्याम्पियन बन्यो

बेसबलमा बागमती प्रदेश च्याम्पियन बन्यो

काठमाडौं । बागमती प्रदेश राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा च्याम्पियन बनेको छ । बिहीबार सम्पन्न नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भएको फाइनल खेलमा बागमतीले मधेस प्रदेशमाथि ६–५ को जित निकाल्दै उपाधि हात परेको हो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मधेसका सुकेशकुमार यादव र सर्वाधिक स्कोरर (१२ स्कोर) सुदूरपश्चिमका नितिन पाण्डे घोषित भए । प्रतियोगिताको विजेता बागमतीले ३० हजार, उपविजेता मधेसले २० हजार र तेस्रो स्थानको कोशी प्रदेशले १० हजार रुपैयाँ र ट्रफी पाए ।

नेपालमा सन् २०२३ देखि खेल्न शुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेश तेस्रो भयो । दुईदिने प्रतियोगिताको तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा कोशीले सुदूरपश्चिम प्रदेशमाथि ५–४ को साँघुरो जित निकालेको थियो ।

 


Thali Mobile Pvt.Ltd.