भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बेसबलमा बागमती प्रदेश च्याम्पियन बन्यो

बेसबलमा बागमती प्रदेश च्याम्पियन बन्यो

काठमाडौं । बागमती प्रदेश राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा च्याम्पियन बनेको छ । बिहीबार सम्पन्न नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भएको फाइनल खेलमा बागमतीले मधेस प्रदेशमाथि ६–५ को जित निकाल्दै उपाधि हात परेको हो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मधेसका सुकेशकुमार यादव र सर्वाधिक स्कोरर (१२ स्कोर) सुदूरपश्चिमका नितिन पाण्डे घोषित भए । प्रतियोगिताको विजेता बागमतीले ३० हजार, उपविजेता मधेसले २० हजार र तेस्रो स्थानको कोशी प्रदेशले १० हजार रुपैयाँ र ट्रफी पाए ।

नेपालमा सन् २०२३ देखि खेल्न शुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेश तेस्रो भयो । दुईदिने प्रतियोगिताको तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा कोशीले सुदूरपश्चिम प्रदेशमाथि ५–४ को साँघुरो जित निकालेको थियो ।

 


Thali Mobile Pvt.Ltd.