भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

प्रहरी परिचालन गरेर निषेधित क्षेत्रमा हिँड्न रोक

प्रहरी परिचालन गरेर निषेधित क्षेत्रमा हिँड्न रोक

काठमाण्डौ । सरकारले काठमाण्डौका मुख्य केन्द्रलाई निषेधित क्षेत्रमा हिड्न समेत रोक लगाएको छ । चार महिनादेखि राधानीका शहरहरुमा निषेधित क्षेत्र तोकेको सरकारले बानेश्वरसहित फुटपाथमा हिँड्नसमेत रोक लगाएको हो ।

मुख्य ठाउँमा पैदल हिँड्न नदिने गरी डोरी, जाली र कपडाको छेकबार लगाइएको पैदल यात्रुहरुले बताएका छन् । पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका छन्।

प्रहरी परिचालन गरेर हिँड्न रोक लगाइएको छ। फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ । सङ्घीय संसद् भवन बाहिरको क्षेत्र, प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा नागरिकलाई हिँड्न नै सास्ती हुने गरी रोक लगाएपछि आलोचना हुँदै आएको छ ।

सुरक्षा व्यवस्थामा कमजोरी हुँदा सोमवार लघुवित्त र मिटरब्याजपीडित समूह निषेधित क्षेत्र तोडेर संसद् परिसरभित्रै छिरेका थिए ।
पैदल यात्रीहरु जोखिम मोलेरै कालोपत्रे सडकमा हिँड्न बाध्य छन् ।

 


Thali Mobile Pvt.Ltd.