भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

हुरीबतास, चट्याङ र असिनासहित वर्षाको सम्भावना

हुरीबतास, चट्याङ र असिनासहित वर्षाको सम्भावना

काठमाण्डौ, १३ चैत्र । देशका विभिन्न भागमा आज र भोलि हुरीबतास, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा बदली भई वर्षा सुरु भइसकेको छ। आज सबै प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान र तराईका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

भोलि भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा, साथै बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा हुरीबतास, असिनापानी र चट्याङबाट हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.