भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हुरीबतास, चट्याङ र असिनासहित वर्षाको सम्भावना

हुरीबतास, चट्याङ र असिनासहित वर्षाको सम्भावना

काठमाण्डौ, १३ चैत्र । देशका विभिन्न भागमा आज र भोलि हुरीबतास, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा बदली भई वर्षा सुरु भइसकेको छ। आज सबै प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान र तराईका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

भोलि भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा, साथै बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा हुरीबतास, असिनापानी र चट्याङबाट हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.