भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानका ऊर्जा संरचनामाथि आक्रमण १० दिनका लागि रोक्ने ट्रम्पको घोषणा

इरानका ऊर्जा संरचनामाथि आक्रमण १० दिनका लागि रोक्ने ट्रम्पको घोषणा

काठमाडौँ, १३ चत्रै । राषट्रपति  डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि भइरहेको अमेरिकी सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा गर्नुभएको छ।

ट्रम्पले सामाजिक सञ्जाल Truth Socialमार्फत इरानी सरकारको अनुरोधअनुसार अस्थायी रूपमा आक्रमण रोकिएको जानकारी दिनुभएको हो।

पछिल्लो निर्णयसँगै अमेरिका–इरानबीच वार्ता अघि बढिरहेको र सकारात्मक प्रगति भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर White Houseले भने इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे पुनः आक्रमण सुरु हुने चेतावनी दिएको छ।

हालैको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले इरानलाई सम्झौतामा आउन दबाब दिएका थिए। इरान वार्तामा नआए निरन्तर सैन्य कारबाही जारी रहने चेतावनीसमेत दिइएको छ।

यद्यपि इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै औपचारिक वार्ता नभएको दाबी गरेका छन्। यसअघि पनि इरानले अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना अस्वीकार गरिसकेको छ।

उक्त प्रस्तावमा इरानलाई आफ्नो परमाणु कार्यक्रम त्याग्न र ब्यालेस्टिक मिसाइल कार्यक्रम सीमित गर्न आग्रह गरिएको थियो। अमेरिकाले प्रस्तुत गरेको १५ बुँदे शान्ति प्रस्तावको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

 


Thali Mobile Pvt.Ltd.