भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

इरानका ऊर्जा संरचनामाथि आक्रमण १० दिनका लागि रोक्ने ट्रम्पको घोषणा

इरानका ऊर्जा संरचनामाथि आक्रमण १० दिनका लागि रोक्ने ट्रम्पको घोषणा

काठमाडौँ, १३ चत्रै । राषट्रपति  डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि भइरहेको अमेरिकी सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा गर्नुभएको छ।

ट्रम्पले सामाजिक सञ्जाल Truth Socialमार्फत इरानी सरकारको अनुरोधअनुसार अस्थायी रूपमा आक्रमण रोकिएको जानकारी दिनुभएको हो।

पछिल्लो निर्णयसँगै अमेरिका–इरानबीच वार्ता अघि बढिरहेको र सकारात्मक प्रगति भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर White Houseले भने इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे पुनः आक्रमण सुरु हुने चेतावनी दिएको छ।

हालैको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले इरानलाई सम्झौतामा आउन दबाब दिएका थिए। इरान वार्तामा नआए निरन्तर सैन्य कारबाही जारी रहने चेतावनीसमेत दिइएको छ।

यद्यपि इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै औपचारिक वार्ता नभएको दाबी गरेका छन्। यसअघि पनि इरानले अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना अस्वीकार गरिसकेको छ।

उक्त प्रस्तावमा इरानलाई आफ्नो परमाणु कार्यक्रम त्याग्न र ब्यालेस्टिक मिसाइल कार्यक्रम सीमित गर्न आग्रह गरिएको थियो। अमेरिकाले प्रस्तुत गरेको १५ बुँदे शान्ति प्रस्तावको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

 


Thali Mobile Pvt.Ltd.